‘बुलबुल’ को सुटिङ सकियो, रिलिज डेट तोकियो

स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको ‘बुलबुल’को २५ दिनमा सुटिङ सकिएको । साउनको अन्तिम हप्ताबाट फ्लोरमा गएको फिल्म निर्धारित समयभन्दा अगाडि नै सकिएको निर्माण टिमले जानकारी गराएको छ । निर्देशक बिनोद पौडेलले एउटा गीतको काम बाँकी राखेर फिल्मको काम सकाएको बताए ।

‘आउटडोरमा सेट नै लगाएर खिच्न पर्ने गीत छ । मौसम अझै सफा भइसकेको छैन । त्यही कारणले त्यो गीत दसैं तिहारको बीचमा खिच्ने गरी अहिलेलाई प्याकअप गरेका हौं,’पौडेलले भने ।  ‘साँघुरो’ का लेखक पौडेलको फिचर फिल्ममा यो डेब्यु निर्देशन हो । फिल्मले टेम्पो चालक महिलाको दुनियाँलाई पर्दामा प्रस्तुत गर्नेछ । फिल्ममा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् । उनले एक महिना भन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् । फिल्ममा लक्ष्मी बर्देवाले स्वस्तिमाको टेम्पो चालक साथीको भूमिका निर्वाह गरेकी छिन् । यो भिडियो हेर्नुस :

सुटिङ पूरा भएसँगै फिल्मले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । निर्माता अबिरल थापाले फिल्म भ्यालेन्टाइन डेको अवसरमा रिलिज हुने जानकारी गराए ।  ‘नेपाली मिति अनुसार फागुन ३ गते फिल्म रिलिज गर्ने निर्णय गरेका छौं’, थापाले भने, ‘डायस्पोराका केही देशमा प्रिमियर गरेर बल्ल रिलिज गर्ने सोच अनुरुप फागुनको समय राखेका हौं ।’

फिल्ममा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई विनोद पौडेलले लेखेका हुन् । फिल्ममा कोशिश क्षेत्री र उद्गम परियारको संगीतमा रजिना रिमाल र निश्चल बस्नेतको स्वर सुन्न सकिन्छ । फिल्मलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha