विशेष शोमा रुचाइयो ‘रामकहानी’ (फोटो र भिडियो)

प्रदर्शनरत फिल्म ‘रामकहानी’ को आइतबार विशेष शो राखिएको थियो । विशेष शो मा सहभागी सबैले रामकहानीको प्रशंसा गर्न सफल भएका छन् । यो भिडियो हेर्नुस् :

निर्माता, अभिनेता तथा निर्देशक भुवन केसीले ‘रामकहानी’को सस्पेन्स मन परेको बताए । उनले कलाकारको काम पनि मन परेको बताए । यता नायिका, निर्मात्री तथा निर्देशक रेखा थापाले फिल्मको मुख्य हिरो सुदर्शन थापा रहेको बताइन् । उनले कलाकारको कामको पनि प्रशंसा गरिन् ।

यस्तै बाल कलाकार अनुभव रेग्मी, निर्माता माधव वाग्ले लगायतले रामकहानी आफुलाई मन परेको बताए । लभ स्टोरी, कमेडी र सस्पेन्स फिल्म रामकहानीले दर्शकको मन पनि जितिरहेको छ ।

‘रामकहानी’मा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, शिशिर राणा लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा संगीत अर्जुन पोखरेलले दिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha