‘साली कस्को भेनाको’ प्रिमियरमा ३ सालीको रमाइलो

शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘साली कस्को भेनाको’ सोमबार साँझ प्रिमियर शो गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजमा आयोजना गरिएको प्रिमियर शोमा फिल्म युनिट, उनीहरुका पारिवारिक सदस्य र केही सञ्चारकर्मी उपस्थित थिए ।

प्रिमियर शोमा फिल्मका मुख्य तीन नायिकाहरु रजनी गुरुंग, सुष्मा कार्की र मरिस्का पोखरेल आकर्षणको केन्द्रमा रहे । प्रिमियर शोमा सालीहरु निकै सजिएर पुगेका थिए । भद्र भुजेल निर्देशित ‘साली कस्को भेनाको’ मा रजनी र मरिस्का सालीको भूमिकामा छन् भने सुष्मा पोइला गइरहने युवतीको भूमिकामा प्रस्तुत छिन् ।

फिल्म साली कस्को भेनाको मा विल्सन विक्रम राई, रवि गिरी, बुछि तामांग, जयनन्द लामा, कविता आले, विरेन श्रेष्ठ, पुष्पा आचार्य र देव सागरको अभिनय रहेको छ । पुष्प आचार्य लेखन रहेको साली कस्को भेनाको मगर समुदायमा भेनाले साली बिहे गर्ने प्रथालाई देखाइएको छ ।

फिल्ममा संगीत प्रसाद श्रेष्ठ र सुरज शाही ठकुरीको रहेको छ । निर्माताको रुपमा रामप्रसाद श्रेष्ठ, सुनिल गोपाल न्याचुन, काजीमान श्रेष्ठ र कमला रहेका छन् । प्रिमियरमा सहभागीले फिल्म मन परेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha