के हुँदैछ अनुप, बर्षा र मालाको ‘पुरानो बुलेट’ ?

अनुप विक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बु स्टार फिल्म ‘पुरानो बुलेट’को सुटिङ सकेर हाल पोष्ट प्रोडक्सनको क्रममा रहेको छ । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि. को व्यानरमा निर्माण भइरहेको फिल्म ‘पुरानो बुलेट’को सम्पादनमा अर्जुन जिसी र सन्देस साह खटिएका छन् ।

फिल्मको गत असार १६ गतेदेखि साउन २४ गतेसम्म छायांकन गरिएको थियो । कालिकास्थानमा अवस्थित फिल्म मोसन नेपालमा सम्पादनको कार्य भइरहेको निर्माता अशोक कुमार राईले जानकारी दिए । काठमाडौंको अलवा पूर्वको लेटाङ, दोमुखा, नाम्जे लगायतको स्थानमा खिचिएको यस चलचित्रमा अनुप, वर्षा र मालाको साथमा चर्चित व्याण्ड एक्स व्याण्डका भोकलिष्ट शिव मुखिया, शिरोमणि दवाडी, कविता आले मगर, कृष्णभक्त महर्जन, दिवज राई, बारत लिम्बु, बादल श्रेष्ठ, मात्रिका पौडेल, करण धिताल लगायतकोपनि अभिनय रहेको छ ।

फिल्मको सम्पादन कक्षमा भेटिकाएका डेब्यु निर्देशक भीषण राईले भने ‘यो फिल्म पूर्वेली कथामा आधारित रहेर निर्माण गरिएको लभ स्टोरी र फेमीली ड्रामा हो, अहिले सम्पादनको काम भइरहेको छ, हामीले गरेको मेहनतले दर्शकहरुको मन जित्न सक्छौं भन्ने लागेको छ, निर्देशक भिषणले बताए ।

फिल्मको कथा कार्यकारी निर्माता सन्तोष राई र भीषण राईले लेखेका हुन् । यस्तै फिल्का निर्माताहरु विरेन साम्बा लिम्बु, टिकाराम राई र दिपेन लिम्बु रहेका छन् । हरि घले लामाले खिचेको यस फिल्मको चाँडै नै गीत, टिजर, ट्रेलर युट्युव मार्फत् सार्वजानिक गरी प्रदर्शन मितिपनि तोकिने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha