जसितालाई मन पर्यो प्रदीपको ‘रोज’, ‘परिवर्तन पाएँ’

नायिका जसिता गुरुङले फिल्म ‘रोज’ हेरेर नायक प्रदीप खड्काको प्रशंसा गरेकी छन् । प्रदीपको मात्रै होइन, उनले फिल्म नै आफुलाई मन परेको प्रतिक्रिया दिइन् ।

सोमबार प्रदीपसँग फिल्म हेर्न कुमारी हल पुगेकी जसिताले भनिन्, ‘फिल्म हेर्न एकदमै उत्साहित थिएँ । उहाँँ (प्रदीप) र अरु कलाकारको काम राम्रो छ ।’ उनले फिल्मको सस्पेन्स पक्ष मन परेको प्रतिक्रिया दिइन् । ‘यसअघिका फिल्म भन्दा रोजमा प्रदीपलाई परिवर्तन पाएँ’, जसिताले भनिन् ।

फिल्म ‘लिलिबिली’ पछि प्रदीप र जसिता लभ स्टेशनमा पुनः काम गर्दैछन् । यही फिल्मका लागि उनी बेलायतबाट नेपाल आएकी छन् । लिलिबिली देखि नै प्रदीप र जसिताको प्रेम चर्चा सुरु भएको थियो । तर उनीहरुले यो चर्चालाई स्विकार गरिसकेका छैनन् । प्रदीप र जसितासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha