तीजको रहर आयो बरी लै ! (तीज गीतहरु)

आज हिन्दू नारीहरुको महान चाड हरितालिका तीज । गाउँदेखि शहरका हिन्दू नारीहरुले तीजमा रमाइरहेका छन् । यस अवसरमा हामीले यहाँ सदाबहार नेपाली तीज गीतलाई प्रस्तुत गरेका छौं । भिडियो हेर्नुस् :

फिल्म ‘कन्यादान’मा समावेश ‘तीजको रहर आयो बरी लै’ सदाबहार गीत हो । यो गीत उतिबेलादेखि अहिलेसम्म उत्तिकै लोकप्रिय छ । यो गीतको रिमेक भर्सन समेत बनेको छ । भिडियो हेर्नुस् :

फिल्म ‘सौभाग्य’ मा पनि तीजको रहर आयो बरी लै गीत समावेश छ । भिडियो :

यस्तै फिल्म अन्दाजको आयो बरै तीजको लहर गीत पनि तीजमा उत्तिकै बज्ने गर्दछ । भिडियो :

फिल्म अञ्जानमै माया बस्ला है फिल्ममा पनि तीज गीत समावेश छ । फिल्म रंग वैजनी मा पनि तीज गीत समावेश छ । नायिकाद्वाय सुमिना घिमिरे र गरिमा पन्तले तीज गीतमा नृत्य पस्केका छन् । भिडियो :

फिल्म ‘रोमियो एण्ड मुना’मा पनि तीज गीत राखिएको छ । भिडियो :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha