पूजा र आकाश चितवनमा, ‘रामकहानी’ हाउसफूल

तीजको अवसर पारेर रामकहानी की नायिका तथा निर्मात्री पूजा शर्मा, नायक आकाश श्रेष्ठ र कलाकार शोभित बस्नेत चितवन पुगेका छन् । ‘रामकहानी’का यी कलाकारलाई चितवनका दर्शकले न्यानो माया दिएका छन् ।

चितवनका जल्मा, नारायणी चलचित्र मन्दिर र गणेश हल बिहानै देखि हाउसफूल रहेको पूजाले जानकारी दिइन् । ‘यति धेरै दर्शकको मायाले साँच्चिकै खुसी मिलेको छ’, पूजाले भनिन् । तीजमा चितवन सँगै देशका सबै हल हाउसफूल रहेको निर्माता तथा निर्देशक सुदर्शन थापाले बताए । चितवनपछि पूजा, आकाश र शोभित बुटवल जानेछन् ।

मल्टीस्टारर फिल्म ‘रामकहानी’ले दर्शकलाई हलमा आकर्षण गरिरहेको छ । फिल्ममा पूजा, आकाक, केदार घिमिरे, जिुत नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, शिशिर राणा लगायतको अभिनय छ । दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिइरहेका छन् । पूजा र आकाशसँग गरिएको यो रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha