न्युयोर्कमा ‘अमेरिकन बाबु मेड इन नेपाल’ प्रिमियर

फिल्म ‘अमेरिकन बाबु मेड इन नेपाल’ को न्यूयोर्कमा प्रिमियर गरिएको छ । प्रिमियरमा नायक बाबु बोगटी र नायिका नन्दिता केसी उपस्थित थिए । निर्देशक इश्वर थापाले प्रिमियर शोमा रेडकार्पेट समेत विच्छ्याएका थिए ।

प्रिमियरमा सहभागी नेपाल सरकारका वाणिज्यदूत कृषु क्षेत्रीले फिल्मले अमेरिकामा रहेका नेपालीहरुको यथार्थ चित्रण गरेको टिप्पणी गरे । अमेरिकन बाबु मेड इन नेपाल अमेरिकामा बस्ने नेपालीहरूले भोगेका बास्तबिक घटनाक्रमलाई प्रस्तुत गर्दछ । फिल्ममा बाबु बोगटी, नन्दिता केसी, क्रिश थापा, ईशान ढकाल, प्रवेश उप्रेती, राजेश गुरुङ, नदिया लिबाङ स्मृति पोखरेल, जाङबु शेर्पा,प्रियंका एर पुष्कर बराल लगायतका कलाकारहरुको अभिनय रहेको छ भने पटकथा संबाद लेखन क्यानडा निवासी सुरेन्द्र नकर्मिले गरेका छन् । क्यानाडा वासी इश्वर थापाले सम्पादन तथा निर्देशन गरेका छन् ।

ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि. का लागि चलचित्रको निर्मातामा राजेश गुरुङ, मञ्जु रानामगर, सम्झना उप्रेती रहेका छन् । फिल्ममा ओम कर्माचार्य र बाबु बोगटीको संगीत रहेको छ । डाईरेक्टर अफ सिनेमाटोग्राफिमा शम्भु मोक्तान रहेका छन् । ‘अमेरिकन बाबु मेड इन नेपाल’ तीन महिना पछि नेपालमा प्रदर्शन गरिने बताइएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha