कविता नेपाली र पल शाहको ‘यहि होला माया’ हेर्नुस्

बुगी वुगीको विजेता कविता नेपाली फिचरिंग पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘यहि होला माया’ बोलको गीतमा कविता सँगै मोडल पल शाह र राज खम्बु प्रस्तुत छन् । भिडियो हेर्नुस् :

एक नारायण भण्डारीको शब्द रहेको गीतमा राज खम्बुको स्वर रहेको छ । गीतमा कविता नेपाली बुगी वुगीमा विजेता रहेको सेट देखि लिएर दक्षिणकाली रिसोर्टमा गीतको सुटिङ गरिएको छ । संगीत आशिष अभिरलको छ भने संगीत संयोजन प्रदिप श्रेष्ठले गरेका छन् ।

प्रशान्त तामाङले कोरियोग्राफी गरेको भिडियोको छायाँकन कुमार केसीले गरेका छन । सम्पादन र निर्देशन टेकेन्द्र शाहको रहेको छ । कवितासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha