‘साली कस्को भेनाको’ सोलो, ‘रामकहानी’ र ‘रोज’ दोश्रो सातामा

यो शुक्रबार नयाँ नेपाली फिल्म अन्र्तगत साली कस्को भेनाको प्रदर्शनमा आएको छ । यो सँगै गत साताको दुई फिल्महरु रामकहानी र रोज ले दोश्रो साताको प्रदर्शन यात्रा तय गरेका छन् । फिल्म नाईं नभन्नू ल ५ ले प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ ।

भद्र भुजेल निर्देशित फिल्म साली कस्को भेनाको मा मगर समुदायमा चल्दै आएको साली र भेना बिचको विवाह प्रथालाई देखाइएको छ । फिल्ममा विल्सन विक्रम राई, रजनी गुरुंग, सुस्मा कार्की, मरिस्का पोखरेल र बुद्धि तामांगको मुख्य भूमिका छ । गत सोमबार गरिएको प्रिमियर शोमा उपस्थित पाहुनाले साली कस्को भेनाको रमाइलो फिल्म रहेको परेको प्रतिक्रिया दिएका थिए । बुद्धि र रजनीसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

यस्तै सुदर्शन थापाको निर्माण तथा निर्देशन रहेको फिल्म रामकहानी ले दोश्रो सातामा पनि राम्रो हल संख्या र मल्टिप्लेक्समा शोज संख्या पाएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई र रविन्द्र झाको मुख्य भूमिका रहेको फिल्मले पहिलो साता राम्रो कलेक्सन गरेको छ ।

निरक पौडेल निर्देशित फिल्म रोज ले दोश्रो सातामा मल्टिप्लेक्समा केही शो पाएको छ । प्रदीप खड्का स्टारर फिल्मले पहिलो साता औषत कलेक्सन गर्यो । फिल्ममा प्रदीपसँगै परमिताराज्य लक्ष्मी राणा र मिरुना मगरको भूमिका छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha