‘बाँध मायाले’ मा को रोमान्टिक सृष्टि र किशोर (भिडियो)

फिल्म ‘बाँध मायाले’ को तेश्रो गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको संगीत रहेको ‘सँग सँगै’ बोलको गीतमा अञ्जु पन्त र सुगम पोखरेलले सुमधुर स्वर दिएका छन् । शब्द संगीतकार पोखरेल नै लेखेका हुन् । नायिका सृष्टि श्रेष्ठ र नव नायक किशोर खड्का फिचरिङ रोमान्टिक गीतको भिडियो यस्तो बनेको छ :

कोरियोग्राफर रामजी लामिछानेले गीतको भिडियोलाई सुन्दर बनाएका छन् । यो रोमान्टिक गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास गर्न सकिन्छ । यसअघि सार्वजनिक बाँध मायाले को शिर्ष गीतलाई रुचाइएको छ । फिल्मको प्रोमोले दर्शकको ध्यान तानेको छ । फिल्म असोज ५ गतेदेखि अल नेपाल प्रदर्शन हुँदैछ ।

सविर श्रेष्ठ निर्देशित फिल्म बाँध मायाले मा आर्यन अधिकारी र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् । साथमा नव नायक खड्का, राजाराम पौडेल, विशाल चाम्लिङ र रविन प्रताप सेनको अभिनय छ । रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्ममा केदार धिताल कार्यकारी निर्माताको रुपमा रहेका छन् । सह निर्माता महेन्द्र अधिकारी हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha