गोविन्दा अवार्डमा सहभागी हुन नेपाल आइपुगे

बलिउड अभिनेता गोविन्दा अहुजा शनिबार बिहान नेपाल आइपुगेका छन् । उनी शनिबार साढे ११ बजेतिर ‘एलजी सिने सर्कल अवार्ड २०७५’मा सहभागी हुन् नेपाल आएका हुन् ।

भदौ ३१ गते राष्ट्रिय सभा गृहमा आयोजना हुने अवार्ड समारोहमा उनको प्रस्तुति रहने छ । लाइफटाइम अवार्डबाट सम्मानित हुन् लागेका वरिष्ठ फिल्मकर्मी किशोर रानालाई गोविन्दाले अवार्ड दिनेछन् । तीन दिनको लागी उनी शनिबार नेपाल आएका हुन् । उनी शनिबार, आइतबार र सोमबार बस्ने गरी नेपालमा आएको जानकारी छ । आइतबारको आवार्ड समारोहमा सहभागी भई भोलिपल्ट गोविन्दाले पशुपतिनाथमा पूजाआजा गर्नेछन् ।

पत्नी सुनिता अहुजा र छोरा यसवर्धन अहुजा शुक्रबार नै नेपाल आएका थिए । शनिबार गोविन्दासँगै छोरी टिना अहुजा पनि नेपाल आएकी छन् । गोविन्दा नेपालका ज्वाँइ हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha