‘भुईं मान्छे’ को नयाँ गीत रिलिज

फिल्म ‘भुईं मान्छे’ को नयाँ गीत रिलिज गरिएको छ । सार्वजनिक पर्दा भो को गीतमा फिल्मका मुख्य तीन पात्र रमेश बुढाथोकी, सिपोरा गुरुङ र सहिन प्रजापतिलाई देखाइएको छ । रिलिजका लागि केहि साता मात्र बाँकी रहंदा फिल्म युनिटले दोस्रो गीत सार्वजनिक गरेको हो । सर्वाजनिक गीतमा शब्द महेश पौड्याल , संगीत जुगल डंगोल र स्वर शिव परियारको रहेको छ । भिडियो यस्तो छ :

 

नवराज बुढाथोकीको लेखन तथा निर्देशनमा तयार भएको यस फिल्मलाई रोहिणी भट्टराई, निरुपा राज्य लक्ष्मी थापा , हरि यादव लगायतले निर्माण गरेका हुन । फिल्म आउदो भाद्र २ देखि रिलिज हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha