झरना थापाको फिल्ममा अर्पण थापा अनुबन्धित

फिल्म ‘ए मेरो हजुर ३’ मा कलाकार थपिनेक्रम जारी छ । शुक्रबार मात्रै कलाकार सलोन बस्नेत यो लभ स्टोरी फिल्मका लागि पक्का भएका थिए । अब भने ‘ए मेरो हजुर ३’ मा अभिनेता अर्पण थापाको आगमन भएको छ ।

निर्देशक झरना थापाले ‘ए मेरो हजुर ३’ का लागि अभिनेता थापासँग शनिबार मात्रै सम्झौता भएको जानकारी दिइन् । फिल्ममा अर्पणको भूमिका महत्वपूर्ण हुने निर्देशक थापाको भनाई छ । अब फिल्ममा अनमोल केसी, सुहानी थापा, सलोन बस्नेत र अर्पण थापाको मुख्य भूमिका रहनेछ ।

कलाकार फाइनल भएसँगै ‘ए मेरो हजुर ३’ को छायाँकन असोज ५ गतेबाट सुरु हुनेछ । सुनिल कुमार थापाले बनाउने फिल्मको प्रदर्शन मिति चैत २९ गतेलाई तोकिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha