६४ वर्षका भुवन केसी किन जहिल्यै सुन्दर ?

निर्माता तथा अभिनेता भुवन केसीको भदौ ३१ गते जन्मदिन परेको छ । नेपाली फिल्मका सदाबहार सुन्दर अभिनेतालाई जन्मदिनको शुभकामना ।

भुवन केसी नेपाली फिल्म क्षेत्रका चर्चित र विवादित व्यक्तित्व हुन् । दर्जनौं सफल फिल्ममा अभिनय गरेका भुवन केसीका कन्ट्रोभर्सी पनि दर्जन छन् । विशेषतः केसी महिलाका कारण विवादित बने । दुई श्रीमतीका पति भुवनको जीवनमा थुप्रै युवतीको नाम जोडिए । यस्मा पछिल्लो पटक नायिका जिया केसीको नाम अग्रपंत्तीमा छ । भुवन र जिया केही वर्षदेखि एकसाथ बसिरहेका छन् ।

जे जस्तो चर्चा र विवाद भएपनि हालसम्म फिल्म निर्माणमा सक्रिय रहि रहनु चाहिं भुवन केसीको प्रशंसनिय पक्ष हो । पछिल्ला केही वर्षदेखि उनी आफ्नै छोरा अनमोल केसीलाई लिएर फिल्म निर्माण गर्दै आइरहेका छन् । ‘ड्रिम्स’ मार्फत त उनी निर्देशक समेत भए । पछिल्लो पटक उनले अनमोललाई लिएर ‘क्याप्टेन’ बनाएका छन ।

६४ बर्षका भुवन केसीको सुन्दरतामा अझैपनि कुनै कमी आएको छैन । त्यसैले उनलाई नेपाली फिल्म क्षेत्रका सदाबहार सुन्दर अभिनेता भनिएको हो । यो उमेरसम्म भुवन केसीको सुन्दरताको राज के होला त ? यो भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha