जापान अवार्डमा पल र पूजा उत्कृष्ठ (पूर्ण तालिका)

जापानमा सम्पन्न पहिलो सुर्य इन्टरनेशनल फिल्म म यस्तो गीत गाउँछु ले उत्कृष्ठ अवार्ड पाएको छ । यही फिल्मबाट निर्देशक सुदर्शन थापा, नायक पल शाह र नायिका पूजा शर्माले अवार्ड उचालेका छन् । सुदर्शन, पल र पूजा आइतबार आयोजित अवार्डमा उपस्थित थिए ।

यस्तै छक्का पञ्जा २ ले पपुलर फिल्मको अवार्ड पाएको छ भने निर्देशक प्रदीप भट्टराई पपुलर घोषित भए । अनमोल केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहले पपुलर नायक र नायिकाको अवार्ड पाए । अनमोलको अनुपस्थितिमा पिता भुवन केसीले अवार्ड ग्रहण गरे । अवार्डमा समारोहमा साम्राज्ञी उपस्थित थिइन् ।

यस्तै फिल्म ऐश्वर्य बाट प्रशान्त ताम्राकारले सह अभिनेताको अवार्ड पाएका छन् भने छक्का पञ्जा २ बाट बर्षा राउतले सह अभिनेत्रीको अवार्ड पाइन् । आधुनिक गायकतर्फ राजेश पायल राई र आधुनिक गायिकामा मेलिना राईले अवार्ड पाए । पप गायक कमल खत्री र गायिका ईन्दिरा जोशीले अवार्ड पाउँदा लोकतर्फ गायक रामजी खाँड र गायिका सम्झना मगरले अवार्ड पाए ।

अवार्ड समारोहमा नेपालको पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई सुर्य लाईफटाईम एचिभमेन्ट अवार्ड र सदावहार नायक भुवन केसीलाई सुर्य कलाकारिता सम्मान प्रदान गरियो । पत्रकार समिप्यराज तिमल्सेनालाई सुर्य चलचित्र पत्रकारिता पुरस्कार र फोटो पत्रकार श्रीधर पौडेललाई सुर्य फोटो पत्रकारिता पुरस्कार दिइयो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha