‘चङ्गा चेट’ को ‘ढल्की ढल्की नाचन’ सार्वजनिक

गोजीमा दाम छैन को सफलतापछि फिल्म ‘चङ्गा चेट’को डिस्को सङ्ग सार्वजनिक गरिएको छ । ‘ढल्की ढल्की नाचन’ बोलको गीतमा मिस्टर आरजेको संगीत र अल्मोढा राना उप्रेतीको स्वर छ । भिडियो हेर्नुस् :

अल्मोडाकै एरेञ्ज रहेको गीतमा हरिहर तिल्सिनाको शब्द र आरजेको र्याप पनि छ । गीतको कोरियोग्राफी प्रविण सिंहले गरेका हुन् । भिडियोमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, रविन्द्र झा, सुरक्षा पन्त र परमिता राज्यलक्ष्मी राणा प्रस्तुत छन् । सिनेम्याटोग्राफर निजर कंडेल हुन् ।

दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘चङ्गा चेट’ लाई माधव वाग्ले र सर्मिला पाण्डे मिलेर बनाएका हुन् । फिल्म कात्तिक १६ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा समावेश गोजीमा दाम छैनलाई रुचाइएको छ ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha