‘डोली’मा क-कस्को भयो ‘झ्यानाकुटी झ्याई’ ? (भिडियो)

फिल्म ‘डोली’ को ‘झ्यानाकुटी झ्याई’ बोलको गित सार्वजानिक भएको छ । लोक लयमा तयार भएको यो गितमा किशोर खतिवडा, पृथ्वीराज प्रसार्इं, प्रिया रिजाल, सानिया खान र संगिता नापित लगायतका कलाकारहरु फिचरिड. भएका छन् । भिडियो हेर्नुस् :

सार्वजानिक गितमा हरि उप्रेतीको शब्द रहेको छ भने संगीत तथा स्वरमा सि.डि बिजय अधिकारी र मेलिना राईको स्वर छ । श्री कृष्ण परियारले नृत्य निर्देशन गरेका छन् । समसामयिक बिषय बस्तु उठाएर निर्माण गरिएको डोली मा राज बहादुर सानेको लेखन तथा निर्देशन र निर्माण किरण नेपालीको रहेको छ ।

फिल्ममा अर्जुन गुरुंग, नविन रेग्मी, हिमवाला गौतम, दामोदर खतिवडा, प्रशान्त भण्डारी तथा सतिश खत्रिको पनि अभिनय रहेको छ । डोलीको प्रदर्शन मिति भने तय गरिएको छैन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha