गणितमा कमजोर करिश्मा एसइइको तयारीमा जुट्दै

अभिनेत्री करिश्मा मानन्धर एसइइ को तयारीमा छिन् । त्यसैले उनी सार्वजनिक कार्यक्रममा विरलै सहभागी भैरहेकी छन् । आइतबार आयोजित एलजी सिने सर्कल अवार्डमा भने करिश्मा सहभागी भइन् । भिडियो हेर्नुस् :

छोटो भेटमा उनले आफु गणित विषयमा कमजोर रहेको खुलाइन् । ‘हो म गणित विषयमा कमजोर छु । अहिले राम्रो गर्ने प्रयास गरिरहेको छु । राम्रो गर्छु भन्ने आशा गरेको छु’, करिश्मा भन्छिन् । १४ वर्षको उमेरदेखि फिल्म खेलेकी करिश्माले आफनो पढाई पुरा गर्न सकेकी थिइनन । त्यसैले उनी अघिल्लो वर्ष मैतिदेवी स्थित त्रिवेणी विद्यायलयमा भर्ना भइन् । अहिले पढाईले गर्दा उनको दिनचर्या नै परिवर्तन भएको छ । फिल्मी जमघटमा व्यस्त देखिने करिष्मा विद्यालयमा पुस्तक बोकेर विद्यालय पुग्ने गरेकी छन् ।

करिश्मा मानन्धर फिल्मी क्षेत्रमा सक्रिय भएसँगै राजनितिकमा पनि आवद्ध भएकी छन् । पढाईको कारणले गर्दा नै उनी राजनितिक र घर परिवारमा समेत ध्यान दिन सकेकी छैनन । पढाईको कारणले उनको हातबाट महत्वपुर्ण कामहरु समेत छुटेका छन् तर पनि करिष्मा दुःखी भने नरहेको बताउँछिन् ।

उनी भन्छिन, ‘केहि महत्वपुर्ण कुरा हासिल गर्नको लागि नै अरु महत्व कुराहरु छुटाई रहेको छु । तर अहिले मेरो लागि पढाई उच्च स्थानमा भएर ठिकै छ, केहि छैन ।’ पढाईका कारण करिश्माले फिल्म निर्देशन पनि पछि सारेकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha