‘अनुराग’ गीत : प्रतापको स्वरमा स्वर मिलाउँदै समुन्द्र

असोज १२ गते रिलिज हुने फिल्म अनुरागको तिम्रो स्वरमा बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा समुन्द्र पण्डितले फिचर्ड छन् । प्रताप दासले स्वर दिएको गीतको भिडियो यस्तो बनेको छ :

गीतमा सरोज पोखरेलले संगीत दिएका छन् । गीतको शब्द निर्देशक सत्यराज एसआरसीले नै लेखेका हुन् । संगीत संमायोजन उदय राज पौडेलको रहेको छ । यो गीतलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । पत्रकार ऋषि धमलाको निर्माण गरेको फिल्ममा उनीकी पत्नी एलिजा गौतम र समुन्द पण्डितको मुख्य भुमिका रहेको छ ।

फिल्मका गीतमा कोरियोग्राफी विक्रम स्वर र प्रविण सिंहले गरेका छन् । छायाँकन रामकुमार केसीको रहेको छ । ‘अनुराग’ निर्देशक, नायक र नायिकाको पहिलो फिल्म हो । ऋषि र एलिजासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha