धुर्मुस सुन्तलीले बनाउने फिल्ममा माग्ने बुढा नहुने

कलाकार सिताराम कट्टेल ‘धुर्मुस’को जन्मदिनको अवसर पारेर फिल्म घोषणा गर्ने आशा गरिएको थियो । तर तयारी नपुगेको भन्दै धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले फिल्म घोषणा गरेनन् । यद्पी उनीहरुले बनाउने फिल्ममा रहने सम्भावित कलाकार भने खुलाए ।

‘यति धेरै मिडिया माझ र शुभ दिनमा फिल्मको घोषणा गर्न सकेको भए राम्रो हुन्थ्यो । तर टिम फाइनल नहुँदा केहि समय पछि सबै मिडियालाई नै बोलाएर गर्ने छौं’, धुर्मुसको जन्मदिन मनाउने कार्यक्रममा सुन्तलीले भनिन्, ‘निर्देशन कस्ले गर्ने भन्ने कुरामा पनि अहिले हामी दोधारमा छौ । सुन्तलीले मात्र गर्ने हो की धुर्मुमु सुन्तली गर्ने या अरुलाई नै लगाउने हो त्यो फिक्स भएको छैन । अब कलाकार त हामी भैहाल्यौं ।’

धुर्मुसको जन्मदिनमा उपस्थित भएका कलाकार तथा धुर्मुसका पुर्व जोडी कलाकार केदार घिमिरेले माग्ने बुढा भने आफुहरुले बनाउने फिल्ममा नरहने सुन्तलीले खुलाइन् । टिम भन्दा बाहिर काम गर्न नमिल्ने माग्ने दाइले भन्नु भएको छ, सुन्तलीले भनिन् । जन्मदिनको भिडियो हेर्नुस् :

यस्तै नायक प्रदीप खड्का फिल्ममा हुने नहुने बारे पनि धुर्मुस सुन्तलीले खुलाउन चाहेनन् । धुर्मुस र माग्ने बुढा मेरी बास्सैका हिट जोडी हुन् । अहिले उनीहरु फरक फरक समुहसँग काम गरिरहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha