असोज १९ गतेदेखि ‘निर्जला’ लाग्ने, ‘यसपालीको दशैंमा’ गीत

प्रर्दशन मिति तय गर्दैे फिल्म ‘निर्जला’ को ‘यसपालीको दशैंमा’ बोलको गीत रिलिज गरिएको छ । बिहिबार राजधानीमा आयोजना गरिएको प्रेसमिटमा असोज १९ गतेलाई प्रदर्शन मिति तोक्दै यो गीत रिलिज गरिएको हो । निर्जला फूलपातीमा लाग्ने भनिएको छ । भिडियो हेर्नुस् :

बाबुल गिरी र सुजाता बर्माको स्वर रहेको सार्वजनिक निर्जलाको यो गीतमा दिनेश सुबेदीको शब्द र बाबुल गिरीकै संगीत रहेको छ । भिडियोको कोरियोग्राफी कमल राईले गरेका छन् भने छायाँकन रवी कोइराला छायांकन गरेका छन् ।राजु गिरिले निर्देशन गरेको फिल्म निर्जलालाई प्रकास चन्द्र न्यौपानेले निर्माण गरेका हुन् ।

फिल्ममा किशोर खतिवडा, शुभेच्छा थापा, राजकुमार थापा, निक शर्मा, रश्मी भट्ट, श्याम राई, पल्पसा ढंगोल, सुरबिर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ । दशैैंमा ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ लाग्दैछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha