कमेडी र कन्टेन्टले भरिपूर्ण ‘छक्का पञ्जा ३’ को ट्रेलर

शनिबार ट्रेलर सार्वजनिक गर्दै ‘छक्का पञ्जा ३’ को प्रदर्शन मिति पनि घोषणा गरिएको छ । शनिबार गरिएको प्रेसमिटमा निर्माता तथा अभिनेता दीपकराज गिरीले ‘छक्का पञ्जा ३’ घटस्थापनामा प्रदर्शन हुने जानकारी गराए । प्रोमो हेर्नुस् :

लामो समयको छलफलपछि ‘छक्का पञ्जा ३’ को प्रदर्शन मिति तय गरेका दीपकले सँगै लाग्ने भनेर चर्चा गरिएको फिल्म ‘जय भोले’ को पनि रिलिज मिति घोषणा गरे । ‘छक्का पञ्जा ३ घटस्थापनामा जय भोले फूलपातीमा’, दीपकले प्रेसमिटमा सप्राइज दिए । ‘जय भोले’ का निर्माता अशोक शर्मा सँगको सहमतीमै प्रदर्शन मितिमा तारतम्य मिलाइएको दीपकले बताए ।

दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा ३’ को प्रोमोमा कमेडी पञ्चसँगै विषयवस्तुलाई पनि प्राथमिकतामा राखिएको छ । ग्रामाणि शिक्षाको महत्व सम्बन्धी कथा बोकेको फिल्ममा दिपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामांग, विल्सन विक्रम राई, शिवहरी पौडेल, किरण केसी, निर शाह, लक्ष्मी गिरी, अनुरागमान सिंह कुवर लगायत कलाकारको अभिनय छ ।

पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माले संगीत दिएका छन् । फिल्ममा समावेश पहिलो नम्वरमा गीत सुपरहिट भैसकेको छ भने कालै पल्केला गीतले पनि दर्शक तथा श्रोताको मन जित्दै छ । फिल्मले कत्तिको मन जित्ला ? यो भने घटस्थापनासम्म प्रतिक्षा गरौं ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha