निर्माता सुनिल रावललाई नायिकाले लगाइन् यस्तो आरोप (भिडियो)

फिल्म सायद २ की नायिका स्यारोन श्रेष्ठले निर्माता सुनिल रावललाई विभिन्न आरोपहरु लगाएकी छिन् । सुटिङ सेटमा जिस्काउने देखि आफ्नो गर्ल फ्रेन्ड बन्न दबाब दिएको भन्ने समेतको आरोप नायिका श्रेष्ठको छ । बिहिबार चलचित्र संघको कार्यालय विशालनगरमा प्रेससँग कुरा गर्दै स्यारोनले निर्माता रावलप्रति आरोप लगाएकी हुन् ।

निर्माता रावलको गलत व्यावहारका कारण आफुले सुटिङको सेट समेत छाड्न लागेको नायिका श्रेष्ठले बताएकी छिन् । ‘मेरो गर्ल फ्रेन्ड बन् इयर होस्टेस बनाइदिन्छु समेत भन्नु भयो’, स्यारोनले भनेकी छिन्, ‘पछि सरी भन्दै जोक गरेको भन्नु भयो ।’ फिल्म नचलेपछि आफुलाई एक करोडमा मस्ती गरेको भनेर आरोप लगाउनु गलत भएको स्यारोनको भनाई छ । निर्माता रावलले सायद २ नचल्नुमा नयाँ कलाकार कारक रहेको आक्रोश पोख्दै आगामी फिल्ममा नयाँ कलाकारलाई आफुले नलिने बताएका थिए । स्यारोनले भने निर्माता रावलले आफुसँग माफी माग्नु गर्ने अडान लिएकी छिन् । भिडियो पनि हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha