‘जय भोले’को अफिसियल पोस्टर र प्रदर्शन मिति रिलिज

फिल्म ‘जय भोले’को पोस्टर सार्वजनिक गर्दै औपचारिक रुपमा प्रदर्शन मिति तोकिएको छ । सार्वजनिक पोस्टरमा फिल्मको प्रदर्शन मिति फूलपाती (असोज ३० गते) लाई तोकिएको छ ।

सार्वजनिक पोस्टरमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामांग गरी दर्जन कलाकार प्रस्तुत छन् । अशोक शर्माको निर्माण तथा निर्देशन रहेको फिल्म जय भोलेको गीत र ट्रेलर सार्वजनिक भैसकेका छन् ।

अशोक शर्माले प्रदर्शन मिति तोकेसँगै ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ को भिडन्त टुंगिएको छ । निर्माताद्वाय दीपकराज गिरी र अशोक शर्माले सहमती जुटाउँदै एक आपसमा नजुध्ने निर्णय गरेका हुन् । ‘छक्का पञ्जा ३’ लाई घटस्थापनामा साद्रै ‘जय भोले’ लाई फूलपातीमा रिलिज गरिएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha