निरुता सिंह : फिल्म क्षेत्रले पाएको अमुल्य उपहार

दर्पण छायाँ सहित दर्जन बढी सुपरहिट फिल्ममा अभिनय गरेकी अभिनेत्री निरुता सिंहको असोज १० गते जन्मदिन हो । जीवन्त अभिनय गरेर दर्शकको मन जितेकी निरुतालाई दर्शकसँगै नेपाली फिल्मकर्मीले पनि सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिइरहेका छन् ।

दार्जिलिङमा जन्मिएकी निरुताको नेपाली फिल्म क्षेत्रमा उल्लेखनिय फिल्म इतिहास रहेको छ । सन् १९९३ मा दक्षिणा फिल्मबाट फिल्मी क्षेत्रमा पाइला राखेकी निरुताले पाँच दर्जन भन्दा बढि फिल्ममा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका मनमन्दिर, दर्पण छाँया, बन्धकी, दुई किनारा, दुःख, आमाको काख, आफन्त, माइती, माइली, सन्तान थरी थरीका, ठुल्दाई, अजम्बरी नाता, लहना लगायतका दुई दर्जन बढी फिल्महरु सुपरहिट भए । ‘दर्पण छायाँ’ जोडी निरुता र दीलिपसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

पहिलो फिल्म दक्षिणाबाट अभिनय यात्रा थाले पनि तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छाँया’ बाट उनी सबैको मनमा बस्न सफल भइन् । आफ्नो समयकी सर्वाधिक चर्चित र व्यस्त नायिका निरुता सिंह केही वर्षदेखि मुम्बईमा बस्दै आइरहेकी छन् । मुम्बईमा बसेपनि निरुताले नेपाली फिल्म क्षेत्रलाई विर्सन भने सकेकी छैनन् ।

हालै प्रदर्शनमा आएको फिल्म ‘नाई न भन्नु ल ५’ मार्फत निरुताको नेपाली फिल्ममा पुनरागमन भएको छ । यो लगत्तै निरुता मह सञ्चार र किरण केसीले बनाउने फिल्म ‘दालभात तरकारी’ र प्रदीप खड्का अनि गोविन्द शाहीले बनाउने फिल्म ‘लभ स्टेशन’मा अनुबन्धित भएकी छिन् । नेपाली फिल्म क्षेत्रकी बहुमुल्य गहनाको रुपमा चर्चा गरिने निरुतालाई जन्मदिनको धेरै धेरै शुभकामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha