‘इन्टु मिन्टु लण्डनमा’पछि आइकोरको ‘आइएम ट्वान्टीवान्’

आइकोर फिल्मसले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ । बुधबार ‘इन्टु मिन्टु लण्डनमा’को सफलताको केक काट्दै नयाँ फिल्म निर्माणको घोषणा गरिएको हो । आइकोर फिल्मसले बनाउने नयाँ फिल्मको नाम ‘आइएम ट्वान्टीवन’ राखिएको छ ।

फिल्मको नाम घोषणा गरेपनि निर्देशक, कलाकार तथा प्राविधिक भने निर्माता प्रज्वल शम्शेर राणाले खुलाउन चाहेनन् । ‘हामी विस्तारै खुलाँदै जानेछौं’, निर्माता राणाले भने । प्रज्वलले निर्देशक र कलाकार गोप्य राख्न चाहेपनि आइएम ट्वान्टीवनलई रेनशा वान्तवा राईले निर्देशन गर्नेछिन् भने नायकमा धिरज मगर हुनेछ । नायिका चाहिं नयाँ हुने बुझिएको छ । फिल्मको छायाँकन अर्को सालदेखि सुरु हुने जानकारी गराइयो ।

प्रदर्शनमा आएको ६ दिनमै केक काटेर खुसी साटिएको इन्टु मिन्टु लण्डनमा ले नेपालबाट कति ग्रस कलेक्सन गर्यो त ? निर्माता प्रज्जवलले पाँच दिनसम्म फिल्मलले तीन करोड तीस लाख भन्दा बढीको नेपालबाट ग्रस कलेक्सन रहेको बताए ।

धिरज मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह र शारुक ताम्रकारको मुख्य भूमिका रहेको फिल्मको विदेशमा राम्रो सेल भएको छ । फिल्मको सक्सेस पार्टीमा साम्राज्ञी सहभागी भइनन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha