‘कथा काठमाण्डू’, ‘अनुराग’ र ‘छिरिङ्ग’ मध्ये कुन हेर्ने ?

यो शुक्रबार तीन नयाँ नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । संगीत श्रेष्ठ निर्देशित कथा काठमाण्डू, सत्यराज चौंलागाईं निर्देशित अनुराग र यश कुमार निर्देशित छिरिङ्ग एकसाथ प्रदर्शनमा आएका हुन् । भिन्न भिन्न जनराका यी तीन फिल्महरु बारे छोटकरीमा चर्चा गरौं ।

कथा काठमाडौँ
गीत र प्रोमो रिलिजसँगै चर्चा र विवादमा आएको यो फिल्ममा शहरिया महिला हिंसाको कथालाई उठाइएको छ । जहाँ प्रियंका कार्की र प्रमोद अग्रहरीले मुख्य भूमिका निभाएका छन् । सँगै संजोग कोइराला, सन्ध्या केसी, आयुष्मान देशराज जोशी, प्रेक्षा अधिकारी लगायत कलाकारको अभिनय छ । सञ्चारकर्मी समेत रहेकी श्रेष्ठको डेव्यु निर्देशन रहेको फिल्मले तीन फरक फरक युवा पुस्ताको अवस्थालाई चित्रण गर्नेछ । संजोग र सन्ध्यासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

अनुराग
सञ्चारकर्मी ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी पत्नी एलिजा गौतम र नव नायक समुन्द्र पण्डितले अभिनय रहेको छ । सत्यराज चौलागाईंको पहिलो निर्देशन रहेको यो फिल्म म्युजिकल लभ स्टोरी फिल्म हो । एलिजा र समुन्द्रसँगै फिल्ममा सरोज खनाल, रुपा राणा लगायत अन्य कलाकारहरुको पनि अभिनय छ । ऋषि धमला र एलिजासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

छिरिङ्ग
गायक तथा नायक यश कुमारको डेव्यु निर्देशन रहेको फिल्ममा यशसँगै निमा रुम्बा र कामना भुजेलको मुख्य भूमिका रहेको छ । अविकसित हिमाली भेगमा छिरिङले गर्ने संघर्षसँगै माया प्रेमलाई पनि प्रस्तुत गरेको छ । फिल्मको बिहिबार प्रिमियर समेत गरिएको थियो । यश कुमारसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha