दमदार डायलग सहित रेखाको ‘मालिका’ ट्रेलर रिलिज

रेखा फिल्मसको पछिल्लो फिल्म ‘मालिका’को ट्रेलर सार्वजनिक गरिएको छ । कार्तिक १६ गतेलाई प्रदर्शन मिति तय गर्दै शुक्रबार मालिकाको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर हेर्नुस् :

सामाजिक रुपान्तरण र मुलुकको समसामयिक चासोको मुद्दा उठाइएको ‘मालिका’ लाई रेखा थापा आफैंले निर्देशन गरेकी छन् । फिल्ममा उनलाई जाजरकोटकी कमला ओलीले साथ दिएकी छन् । जाजरकोटकी कमला फिल्म क्षेत्रमा नजोडिएकी र फिल्मप्रति अनविज्ञ किशोरी हुन् । गहन विषयको मालिका ट्रेलरमा दमदार डायल छन् । आफन्त तीन होइनन् जो तिमी रोएको बेला आउँछन्, आफन्त ती हुन् जसले तिमीलाई रुन दिदैनन्, डरको आँखामा यसरी आँखामा आँखा जुधाएर हेर ताकि डरपनि तिमीसँग डराएर हेरोस् जस्ता संवाद वजनदार लाग्छन् ।

रेखा फिल्मसले यस अघि एसिड आतंक बिरुद्द ’रुद्रप्रिया’, अपाङ्गताको बिषयमा ’हिम्मतवाली’, श्रमिक महिलाको बिषयमा ’रामप्यारी’ व्यावसायिक क्षेत्रमा महिला माथिजस्ता बिषय हुने असमानता र आत्मासम्मान बारे ’काली’ बनाएकी रेखाले यसपाली अझ गहन विषयमा मालिका बनाएको अड्कल काट्न सकिन्छ ।

छोरीको निम्ती स्वर्णिम नेपाल महा अभियानको अभीयन्ता पनि रहेकी रेखा थापा र अभियान्ता नर बहादुर कार्कीको दाबी छ, ‘मालिका एउटा फिल्म मात्रा होइन, यो एउटा अत्यावश्यक अभियानको हिस्सा पनि हो ।’ ’तिमी भित्र पनि एउटा नायक छ’ भन्ने नारा रहेको मालिका फिल्मले देश भरिका छोरी हरुमा एउटा जागरण ल्याउने रेखा र नर बताउँछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha