‘राधा २ ’मा प्रियंका र आयुष्मानको जोडी

योगेश घिमिरेको निर्देशनमा बन्न लागेको फिल्म ‘राधा २’ मा प्रियंका कार्की र आयुष्मान देशराज जोशी फाइनल भएका छन् । यो वर्ष इन्गेजमेन्ट गरेको जोडीले अर्को वर्ष लगन गाँठो कस्दै छ । इन्गेजमेन्टसँगै यो जोडि फिल्मको पर्दामा सँगै देखिन थालेका छन् । लभस्टोरी जनरमा निर्माण हुने फिल्म ‘राधा २’ मा आयुषमान र प्रियंकाले रोमान्स गर्ने भएका छन् ।

यो रियल जोडीले ‘एउटा यस्तो प्रेम कहानी’ र ‘चंगा चेट’मा सँगै काम गरेका छन् भने फेरि एकपटक रियल जोडीलाई नयाँ फिल्मलाई देख्न पाइने भएको हो । ‘राधा’ को पहिलो श्रृंखलामा अभिनेत्री सञ्चिता लुईँटेल र जीवन लुइँटेल प्रमुख भूमिकामा थिए । यसको दोस्रो श्रृंखलाको लागि आयुषमान र प्रियंका फाइनल भएका छन् भने अन्य कलाकारको खोजी भइहेको छ। ‘राधा २’ को कात्तिक ८ गतेबाट छायांकन सुरु हुँदैछ । प्रियंका र आयुष्मानसँग गरिएको रमाइलो कुराकानी हेर्नुस :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha