केकी र विल्सनले सार्वजनिक गरे ‘विज्नेश प्लान’

निकट भविष्यमै नायिका केकी अधिकारी र कलाकार तथा निर्माता विल्सन विक्रम राईले व्यावसाय सुरु गर्ने भएका छन् । कुमारी पाटीमा रहेको कलेक्टिभ फेमिली स्टोरीको उद्घाटन गर्न गएका केकी र विल्सनले भविष्यको आफ्नो व्यापारिक योजनाको बारे बोलेका हुन् ।

‘भर्खर फिल्ममा लगानी गरेकोे छु केही वर्षपछि व्यापार पनि सुरु गर्ने सोच छ’ विल्सनले भने, ‘यस्तै स्टोर या होटल व्यावसाय सुरु गर्छु होला ।’ विल्सनले फिल्म ‘रातो घर’ मा लगानी गरेका थिए । यता केकीले पनि फिल्ममा लगानी गर्ने रहर पहिलादेखि नै रहेको खुलाइन् । उनले भनिन्, फिल्म त छंदैछ, होटल बिज्नेसमा गर्ने मेरो पनि रहर छ । पछिल्लो सयम ‘नेपाली सेलिव्रेटी’ पनि साइड बिज्नेसमा सक्रिय भैरहेका छन् ।

केकी र विल्सनले रिवन काटेर उद्घाटन गरेको राजेन्द्र लिङदेनले सञ्चालनमा ल्याएको कलेक्टिभ फेमिली स्टोरमा विशेष गरी बालबालिकाको खेलौना तथा अन्य सामानहरु उपलब्ध छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha