सलमानको भारतमा वरुण पनि !

सलमान खानको भारतमा स्टार कास्टलाई लिएर निकै उतार चढाब आईरहेको छ । प्रियंका चोपडाले सलमानको भारत छोडेपछि कैटरिना कैफको इन्ट्री भएको थियो । अब यो फिल्ममा फेरी एउटा नाम जोडिने कुरा आएको छ ।

सलमानको भारतमा वरुण धवण पनि हुने कुरा आएको छ यद्पी आधिकारिक रुपमा पुष्टि भएको छैन । ‘टाइगर जिन्दा है’ मा सलमान र कटरीनासँग काम गरेका अली अब्बास जफरले भारतको निर्देशन गर्दैछन् । माल्टामा फिल्मको केहि सिन शुट गरेर दोस्रो सेडयुल अनुसार अहिले यो टिम धाबीमा पुगेका छन् ।

भारतमा सलमान खान पाँच फरक फरक अवतारमा देखिदै छन । फिल्ममा सलमान र कैटरिनासँगै दिशा पाटनी, सुनिल गोवर, तब्बूको पनि मुख्य भमिका रहेको छ भने वरुण धवण पनि रहन सक्छन् । फिल्मको रिलिज डेट २०१९ को ईदलाई तोकिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha