‘लभ स्टेशन’ छोडेकी निरुताले ‘दाल भात…’ के गर्लिन् ?

फिल्म ‘लभ स्टेशन’ मा अभिनेत्री निरुता सिंह नहुने भएकी छन् । फिल्मको छायाँकन चलिरहंदा निरुता फिल्ममा नहुने खबर बाहिरिएको हो । आखिर निरुता किन ‘लभ स्टेशन’बाट बाहिरिइन् त ?

आफ्नो बुबाको स्वास्थ स्थिति बिग्रिएपछि निरुताले ‘लभ स्टेशन’लाई समय दिन नसक्ने भएकी हुन् । उनका बुवा लामो समयदेखि मुम्बइको अस्पतालमा उपचाररत छन् ।

उज्जवल घिमिरेले निर्देशन गर्दै गरेको ‘लभ स्टेशन’मा निरुताको जोडीको रुपमा ‘दर्पण छायाँ’ जोडी उत्तम प्रधान थिए । निरुताले फिल्म नखेल्ने भएपछि निर्माण टिम उत्तमको लागि नयाँ जोडी खोज्नतिर लागेको छ । फिल्मका हाल दार्जिलिंगमा छायांकन चलिरहेको छ । फिल्ममा प्रदीप खड्का र जसिता गुरुंग मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

यस्तै मह जोडी र किरण केसीको ‘दाल भात तरकारी’मा पनि निरुता सिंह रहने या नरहने भन्ने दोधार बढेको छ । बुवाकै स्वास्थ्य अवस्था ठिक भए त निरुताले दाल भात तरकारी खेल्लिन् । नभए के गर्लिन् ? उनका बुवाको शिघ्र स्वास्थ्य लाभको कामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha