प्रियंकापछि आयुष्मानले ‘आयांका’ टाटु बनाए

प्रियंका कार्की र आयुष्मान जोशी इन्गेजमेन्टपछि बिहेको तयारीमा छन् । बिहे नजिकिएसँगै आयुष्मान र प्रियंकाको प्रेम बलियो बन्दै गैरहेको छ ।

दुई बिचको प्रेम गाढा बन्दै गएको आयुष्मानले आफ्नो शरीरमा टाटु बनाएर प्रमाणित गरेका छन् । उनले हालै मात्रै आफ्नो देब्रे करङगमा अंग्रेजीमा आयांका लेखेका छन् । इन्गेजमेन्टपछि आयुष्मान र प्रियंका मिलाएर उनीहरुले आयांका लेख्ने गरेका छन् । प्रियंकाले धेरै पहिला आफ्नो गर्धनमा आयांका लेखिसकेकी छन् ।

मंगलबार कथा काठमाण्डू हेर्न पुगेका आयुष्मानले प्रियंकाको आग्रहमा मिडिया सामु आफ्नो प्रेमवाला टाटु सार्वजनिक गरेका थिए । ‘उसले मलाई नै नभनी खोपेछ’, प्रियंका भन्दै थिइन् । जे होस् आयुष्मानले आयांका खोपाउँदा प्रियंका खुबै खुसी भएकी रहिछन् । यो भिडियो पनि हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha