साम्राज्ञीले १६ घण्टा सुटिङ गरेपछि…

शुक्रबार दरबारमार्गस्थित क्युजि सिनेमा हलमा आयोजना गरिएको फिल्म ‘ए मेरो हजुर २’ को प्रेसमिटमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह झण्डै दुई घण्टा ढिला गरी आइन् । साम्राज्ञीलाई पर्खन कार्यक्रम नै लम्बाउनु परेको थियो । ३ बजे बोलाइएको कार्यक्रममा साम्राज्ञी करिब पाँच बजेतिर मात्रै पुगिन् ।  साम्राज्ञीले किन यति समय लगाइन् त ?


कार्यक्रम हलमा प्रवेश गर्ने वित्तिकै साम्राज्ञीले ‘सरी भनिन्’ र ढिलो हुनुको कारण पनि खुलाइन् । ‘हिजो १६ घण्टा सुटिङ गरेको त्यही भएर एकदम गाह्रो भैरहेको छ’, साम्राज्ञीले भनिन्, ‘फेरी एम्बेसी पनि जानु थियो । त्यही भएर ढिला भयो ।’ फिल्म ‘इन्टुमिन्टु लण्डनमा’ को छायाँकनमा व्यस्त रहेकी साम्राज्ञी सोही फिल्मको छायाँकनको लागि लण्डन जाँदैछिन् ।

साम्राज्ञी र सलिनमान बनियाँको मुख्य भूमिका रहेको फिल्म ‘ए मेरो हजुर २’ भदौ १६ गतेदेखि प्रदर्शनमा आउँदैछ । झरना थापाको डेव्यु निर्देशन रहेको फिल्मलाई निर्माता सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्ममा सलोन बस्नेत, अनुभव रेग्मी, अनुरागमान सिंह कुँवर लगायत कलाकारहरुको पनि अभिनय छ । ट्रेलर रिलिज भएसँगै ‘ए मेरो हजुर २’ थप प्रतिक्षित बनिरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha