सय करोड क्लवको दौडमा ‘सुई धागा’

वरुण धवण र अनुष्का शर्माको स्टार फिल्म ‘सुई धागाः मेड इन इन्डिया’ले बक्स अफिसमा तहल्का मचाईरहेको छ । फिल्मले ५ दिनमा ५५ करोड भन्दा धेरै कमाइ गरेको छ । मंगलबार गान्धी जयन्तीको छुट्टीको फाइदा उठाउँदै सय करोडको क्लबमा दौड्दै छ, अनुष्का र वरुणको सुई धागा ।

२५ करोडको बजेटमा बनेको फिल्म कमाईको हिसाबले हेर्ने हो भने पनि यो फिल्म सुपरहिट सावित भएको छ । सुई धागा फिल्मलाई २५०० स्क्रिनमा रिलिज गरिएको थियो । टे«न्ड एनालिस्ट तरण आदर्शको अनुसार शुक्रबार फिल्मले ८.३० करोड, शनिबार १२.२५ करोड, आइतबार १६.०५ करोड, सोमबार ७ करोड र मंगलबार ११.७५ करोड कमाएको छ । घरेलु बक्स अफिसमा अहिलेसम्म भारतिय ५५.३० करोडको बम्पर कमाई गरेको हो । सुई धागासँगै रिलिज भएको विशाल भारदवाजको फिल्म ‘पटाखा’ बक्स अफिसमा निकै पछि परेको छ ।

त्यसैगरी बक्स अफिसमा श्रद्धा कपुरको ‘स्त्री’ लगातार अगाडि बढि रहेको छ । लामो समय बितिसक्दा पनि स्त्रीको जादु दर्शक माझ उत्तिकै छ । तरण आर्दशले पाँचौ हप्ताको स्त्रीको कमाई शेयर गरेका छन् । बक्स अफिसमा पाँचौ हप्ताको शुक्रबार ५२ लाख, शनिबार ८८ लाख, आइतबार १.५१ करोड, सोमबार ६१ लाख, मंगलबार १.२४ करोड कमाएको छ । भारतिय बजारमा अहिले सम्म स्त्रीले १२७.४२ करोड कमाएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha