‘मेरो इन्गेजमेन्ट भएको छैन’ : परमिता राना

परमिता राज्यलक्ष्मी रानाले आफनो २५ औ जन्मदिन धुमधामसँग मनाईन । परिमिताले जन्मदिनमा प्रेमी हिसी लोसाङसँग इन्गेजमेन्ट भएको चर्चा चल्यो । तर उनको यस चर्चाको खण्डन गरेकी छन् । आफ्नो जन्मदिनमा आफुले औंठी पाएको तर इन्गेजमेन्ट नभएको पुष्टि गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी छन् ।

उनले लेखेकी छन्, ‘म मिडियालाई दोष दिन चाहन्न । म र हिसी अहिले इन्गेज भएका छैनौं, त्यो रिङ २५ औ जन्मदिनको गिफ्ट मात्र हो धन्यवाद !’ उनले आफनो ब्याईफेन्ड भएको बताउँदै आएपनि मिडियामा सार्वजनिक भने गरेकी छैनन । प्रेमी मिडियामा सार्वजनिक गर्दा मै धेरै माया हुने होइन भन्ने जस्ता प्रतिक्रिया पनि परमिताले राख्दै आएकी छन् ।

केहि समय अगाडि आयुष्मान देशराज जोसीसँग रिलेशनशिपमा रहेकी परमिताले नयाँ प्रेमी पाएकी हुन् । आयुष्मानले प्रियंका कार्कीसँग इन्गेजमेन्ट गरेपछि परमिताले पनि इन्गेजमेन्ट गरेको धेरैले अड्कल काटेका हुन् तर यो कुरा सत्य नभएको परमिताले खुलासा गरेकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha