‘दैलो’ ट्रेलर, ‘छोरा चाहिन्छ भन्नु मुर्खता हो’

सुरेश उपेतीको लेखन र निर्देशन रहेको फिल्म ‘दैलो’को ट्रेलर सार्वजनिक गरिएको छ । बाबुआमा र छोरा छोरीको सम्बन्धमा पैसाले ल्याउने फाटोलाई ट्रेलरमा समेटिएको छ । ट्रेलर हेर्नुस् :

‘छन् गेडि सबै मेरी, छैनन गेडि सबै टेडि’ जस्तो उखानलाई फिल्मको ट्रेलरमा समावेश गरिएको छ । पैसाले गर्दा आफन्त र परिवारमा ल्याउने फाटोलाई पनि फिल्ममा समेटिएको छ । फिल्ममा सुरेश उप्रेती दुर्गा साउद, विकाश चापागार्इं दीपक डोटेल, मुना प्रसाई लगायतका कलाकारको अभिनय रहेको छ ।

अर्जुन उप्रेती र यशोदा उप्रेतीले संयुक्त निर्माण रहेको फिल्ममा विमल भट्टराईको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ । फिल्म कात्तिक ३० गते देखि रिलिज हुँदैछ ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha