प्रियंकासँग ‘काफल पकाउँदै’ सुशिल र आमिर (भिडियो)

फिल्म ‘बादशाह जुट’ को गीत सार्वजनिक गरिएको छ । काफल पाक्यो बोलको लोक लयको गीतमा नायिका प्रियंका कार्की, दुई नायक सुशिल श्रेष्ठ, आमिर गौतमको नृत्य छ । सँगै फिल्मका दुई मुख्य नायिका रोशी खड्का र केइसा रावतको पनि छोटो नृतय छ । भिडियो हेर्नुस् :

कृष्ण भारद्धाजको संगीत रहेको गीतमा डि. बि. खनालको शब्द संगीतकार राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ । कोरियोग्राफी विक्रम स्वाँरले गरेका हुन् । जोनी सिंह राणाले निर्देशन गरेको फिल्म आगामी पौष १३ गतेदेखि रिलिज हुँदैछ । फिल्मलाई हर्क बहादुर कुँवर र भोज राज श्रेष्ठले मिलेर निर्माण गरेका हुन् ।

एच एण्ड बि फिल्मस् प्रा. ली. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा. ली.को संयुक्त व्यानरमा निर्माण भएको ‘बादशाह जुट’मा राज कुमार उप्रेतीको द्धन्द्व, राजु कार्कीको छायांकन छ । संगीत कृष्ण भारद्धाजसँगै कोशिस क्षेत्री र मोहित मुनालले दिएका छन् । सम्पादन दिर्घ खड्काले गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha