माधव वाग्ले भन्छन्, ‘चङ्गा चेट लाई दर्शकले रुचाउँछन्’

पछिल्लो समयमा कमेडि फिल्मले नेपाली हलहरु कब्जा गरेको छ । हाँस्य व्यांग्य कलाकार फिल्म तिर आउने क्रम बढ्दो छ । तितो सत्य, जिरे खुर्सनी, मेरी बास्सै जस्ता चर्चित टेलिसिरियलका कलाकारको फिल्मी क्षेत्रमा जगजगी छ ।

हाँस्य व्यांग्य कलाकारले बनाएको ‘छक्का पन्जा’ले बम्पर व्यापार गरेपछि धेरै मेकर्स कमेडी फिल्म बनाउनतिर लागेका छन् । यस्तै मध्येमा पर्छन्, निर्माता माधव वाग्ले पनि । कमेडी शैली अपनाएर निर्माता वाग्लेले ‘चङ्गा चेट’ बनाएका छन् । यो फिल्मको कथा चार वर्ष अगाडि नै लेखिएको बताउदै वाग्लेले भने ‘प्रेम कथामा फिल्म बनाउँछु भन्दा भन्दै बनाउन सकेको छैन, अरु कथाहरु छन, अहिले छक्का पन्जा, दुई रुपैयाँ जस्तो फिल्मको ट्रेन्ड चलेको छ । चङ्गा चेटको लागि सहि समय अहिलै हो भन्ने ठानेर यो फिल्मलाई प्राथमिकता दिएको हो ।’ प्रोमो :

यसैले निर्माता वाग्लेले कमेडिलाई नै आधार मानेर तयार परिएको ‘ह्आट द फ्लप’का सञ्चालक सन्दिप क्षेत्रीलाई पनि फिल्ममा लिएका छन् । सन्दिप सँगै फिल्ममा आयुष्मान देशराज जोशी, रविन्द्र झा, प्रियंका कार्की, परमिता राज्यलक्ष्मी राणा र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ भने अर्पण थापा, ऋचा शर्मा र बेनिशा हमाल अतिथि भुमिकामा रहेका छन् । गीत :

दिपेन्द्र के.खनाल निर्देशित फिल्म यही कात्तिक १६ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्म निर्माणमा वाग्लेले सर्मिला पाण्डेसँग सहकार्य गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha