‘हजार जुनी सम्म’मा आर्यन, प्रियंका र स्वस्तिमा पक्का

विकाश राज आचार्यले निर्माण र निर्देशन गर्ने लागेको नयाँ फिल्म ‘हजार जुनी सम्म’मा मुख्य कलाकारहरु फाइनल गरिएको छ । नायिका स्वस्तिमा खड्कालाई फाइनल गरिसकेको फिल्ममा प्रियंका कार्की, आर्यान सिक्देल, अकी प्रधान र सलोन बस्नेतलाई कास्ट गरेसँगै कलाकार छनोट कार्य सकिएको छ ।

फिल्मका लागी नायक आर्यन सिग्देल, नायिका प्रियंका कार्की, नायक सलोन बस्नेत र नव कलाकार अकी प्रधानलाई मुख्य कलाकारको रुपमा फाइनल गरिएको छ । यो फिल्मको लागि आर्यान सिक्देलले मंहगो पारिश्रमिक लिएर प्रियंका कार्कीसँग रोमान्स गर्ने भएका छन् । त्यस्तै, फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काको जोडीको रुपमा भने नव नायक अकी प्रधान रहने बताइएको छ । सिक्मिका चर्चित मोडल फिल्ममा नायकको रुपमा डेब्यु गर्दै छन् ।

आफनै होम प्रोडक्सनको फिल्म गर्दै आएका आर्यानले यो फिल्मको लागि १२ लाख लिएको चर्चा चलेको छ । आफनो होम प्रोडक्सन भन्दा बाहिरको फिल्म नगर्ने बताउँदै आएका आर्यानको फिल्म ‘कायरा’ फल्प भयो । फेरि फिल्म फल्प हुने डरले हो या राम्रो पारिश्रमिकको लोभले हो । उनले विकाश राज आर्चायको फिल्म साइन गरेका छन् । फिल्मको कथा विकासराज आचार्य र सामिप्यराज तिमिल्सिना मिलेर लेखेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha