सुत्केरी हेरचाहका लागि ‘छक्का पञ्जा ३’ टिमको सहयोग

घर आँगन नेपाल मार्फत बालबालिकालाई सहयोग गर्दै आएका समाजसेवी दिपक सिलवालले बच्चालाई जन्मदिन नसकेर पिडामा रहेकी सिन्धुपाल्चोक भारसिपाकी सन्तमाया तमाङ्गलाई दिपकले हेलिकप्टर चार्टड गरेर नै उपचार गराए । यस कार्यमा उनलाई डाक्टर भोला रिजालले मेडिकलमा सहयोग गरे ।

झन्डै ९ महिना अगाडी गरेको यसकार्यपछि उनले त्यहिँ ठाउकी सिता जोगीलाई पनि त्यसरी नै सहयोग गरे । त्यसपछि उनले यसलाई एउटा अभियान बनाएर नै सहयोग गर्ने सोच बनाए । उनको यस अभियानमा डाक्टर भोला रिजाल, पुर्व सेनापति रुकमाङ्गद कटवाल, निर्देशक दीपाश्री निरौला, सञ्चारकर्मी नरेश भट्टाराईले सघाईरहेका छन् । झन्डै एक वर्षसम्मको दौडधुपपछि उनलाई यस कार्यमा सिम्रिक एअरले सघाउने भएको छ । लुक्ला , पोखरा र काठमान्डौमा रहेका हेलिकप्टरले सहुलियतमा यसकार्यको लागि सहयोग गर्ने भएको छ ।

दीपकले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सहयोगीलाई धन्यवाद दिदै अभियानसँग जोडिएकालाई सार्वजनिक पनि गरेका छन् । उनलाई मेडिकल सहयोग भने डाक्टर भोला रिजालले गर्ने भएका छन् । राजधानीमा आयोजित कार्यक्रममा डाक्टर रिजालले पनि यसको घोषणा गरे ।

यसैगरी कार्यक्रममै अभिनेत्री दीपाश्री निरौलाले आफ्नो फिल्म ’छक्का पञ्जा ३’ को तर्फबाट एक लाख ६ हजार नगद सहयोग गरिन् । यसैगरी पाथिभरा सहकारी संस्था लिमिटेडको तर्फबाट लायुर लामाले नगद रु एक लाख पाँच हजार पाँच सय पचपन्न सहयोग गरे ।

आफ्नो अभियानमा सहयोगी पाएर उर्जा मिलेको बताउने दीपक यसै अभियान सफलताको लागि एक साता ब्रत पनि बस्दैछन् । उनले दुर्गममा रहेका र सुत्केरी हुन् नसकेर उपचार नपाएका महिलालाई सघाउने बताएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha