‘छक्का पञ्जा ३’ लाई सर्वाधिक शो, टिकट सुरक्षित गर्दै दर्शक

यस बर्षको बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा ३’ को मल्टिप्लेक्समा शोज खुला गरिएको छ । मल्टीस्टारर फिल्मलाई क्युएफएक्स अन्र्तगतका हलमा सर्वाधिक ३० शो दिइएको छ । देशका अन्य मल्टीप्लेक्समा पनि ‘छक्का पञ्जा ३’ लाई सर्वाधिक उच्च शो उपलब्ध गराइएको छ ।

शो खुला गरिए लगत्तै क्युएफएक्स अन्र्तगतका हलमा दर्शकले आफ्नो टिकट सुरक्षति सुरु गरेका छन् । शो खुला गरिएको सोमबार रातीसम्म ‘छक्का पञ्जा ३’ को ६ शो तिव्र रुपमा बुकिंग हुँदैछन् । उसो त ‘छक्का पञ्जा २’ लाई यसो तेश्रो श्रृंखलालाई भन्दा क्युएफएक्सले ६ शो बढी उपलब्ध गराएको छ । दिपाश्री निरौला निर्देशित फिल्म देशभरका एक सय पैतालिस हलहरुमा असोज २४ गते, घटस्थापनादेखि लाग्दैछ । दिपक र दिपाश्रीसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

कमेडी र ग्रामिण भेगमा शैक्षिक महत्वलाई उठाइएको फिल्म ‘छक्का पञ्जा ३’ मा दिपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामांग लगायत दर्जन बढी कलाकारहरुको अभिनय छ । यसअघिका सिरिज जस्तै छक्का पञ्जा ३ ले पनि आक्रमक व्यापार गर्ने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha