प्रदीप भट्टराई भन्छन्, ‘जात्रै जात्रा फागुन १७ मै आउँछ’

महाशिवरात्रीको अवसर पार्दै अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ले फागुन १७ लाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । तर यो मितिमा ‘क्याप्टेन’ भन्दा पहिल्यै फिल्म ‘जात्रै जात्रा’ले प्रदर्शन मिति तोकेको थियो ।

अनमोलको ‘क्याप्टेन’ आएपछि अब के ‘जात्रै जात्रा’ फागुन १७ बाट सर्ला ? निर्देशक प्रदीप भट्टराईले तोकिएको मितिबाट पछि नहट्ने बताए । ‘हामी शत्र प्रतिशत फागुन १७ मै आउँछौं’, निर्देशक भट्टराई भन्छन् । प्रि-प्रोडक्सनको अन्तिम तयारीमा रहेको यसको निर्माण युटिलले यसै साता औपचारिक घोषणाको कार्यक्रम राख्दैछ । फिल्मको छायाँकन भने कात्तिक ११ गतेदेखि सुरु हुँदैछ । रविन्द्र सिंह बानियाँ, सिंगे लामा र यादव पौडेलले निर्माण गर्ने फिल्ममा जात्रा कै बिपिन कार्की र बर्षा राउत मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् ।

एकै मितिमा दुई नेपाली फिल्म लाग्नु असामान्य होइन । तर अपेक्षा गरिएका फिल्महरु सँगै लाग्नु चाहिं दुःखद कुरा हो । व्यापार र समिक्षा दुवै राम्रो पाएको जात्रा को सिक्वेल दर्शकमाझ प्रतिक्षित बन्न सक्छ भने अनमोल केसीको क्याप्टेन निर्माणदेखि नै चर्चामा छ ।

के ‘क्याप्टेन’ र ‘जात्रै जात्रा’ फागुन १७ मा सँगै लाग्लान् ? या सहकार्य गरेर फरक फरक मितिमा जान्छन् ? यतिबेला पर्ख र हेरको अवस्था छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha