नरमाइलो खबर : कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । ५८ वर्षिय बोगटीको दुर्घटनामा परी मृत्यु भएको हो ।

टिकाथलीस्थित निवासमा रुख ढाल्दा पोल लडेर गम्भिर घाइते भएका अध्यक्ष बोगटीलाई बि एण्ड बि अस्पतालमा लगिएको थियो । अस्पताल लैजाँदा लैजाँदै उनको निधन भएको खबर छ । अहिले पोस्टपार्टमा लागि पाटन अस्पताल लगिएको छ ।

रामकेशर बोगटीको असमायीक निधन हुँदा सम्पूर्ण फिल्म क्षेत्र शोकमा डुबेको छ । स्वर्गिय रामकेशर बोगटीप्रति हार्दिक श्रद्धा सुमन !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha