‘छक्का पञ्जा ३ मा कमेडी मात्रै छैन’ : दिपक-दिपा

तितो सत्य जोडी दिपकराज गिरी र दिपाश्री निरौलालाई ठुलो पर्दा फापिरहेको छ। यसैले उनीहरुले लगालग पाँचौं फिल्मको रुपमा ‘छक्का पन्जा ३’ बनाएका छन् । जुन फिल्मले शहरका हलमा सर्वाधिक शो संख्या पाएको छ भने टिकट आक्रमक रुपमा बुकिंग भैरहेको छ । ‘छक्का पन्जा ३ घटस्थापनाको दिन’ भन्ने नारा सहित फिल्म यही असोज २४ गते बाट देशव्यापी रुपमा रिलिज हुँदैछ ।

बर्षकै बहुप्रतिक्षित फिल्म कस्तो होला त ? ‘कमेडि र कथा वस्तुलाई सन्तुलनमा राखेर फिल्म बनाएका छौं’, निर्देशक दिपाश्री निरौला भन्छिन्, ‘यो फिल्म हेर्दा हाँस्नु हुन्छ, मन पनि छुन्छ । फिल्ममा गहकिलो विषयवस्तु भएकोले कमेडि सान्र्दभ मिलाएर राखेका छौं ।’ साथै कमेडि नै सोचेर यो फिल्म हेर्न जाने दर्शकलाई फिल्मले निराश नबनाउने निर्देशक निरौला भन्छिन् । लेखक समेत रहेका दिपकराज गिरी पनि दिपाको कुरामा सही थप्छन् । ‘यसपाली हामीले कटेन्ट र कमेडी मिलाएका छौं । कमेडी मात्रै छैन’, दिपकको भनाई छ । दिपक र दिपासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

दीपाश्री निरौलाको तेश्रो निर्देशन रहेको फिल्म ‘छक्का पञ्जा ३’ मा दीपकराज गिरी, दीपिका प्रसाई, बुद्धि तामाङ, केदार घिमिरे, जितु नेपाल, निर शाह, लक्ष्मी गिरी, शिवहरी पौडेल, किरण केसी, शारदा गिरी, बिमला गिरी, बसन्त भट्ट, विल्सन राई, अनुराग कुँवर, जयनन्द लामा लगायतका कलाकारको अभिनय छ ।

केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको फिल्ममा पटकथा दीपक राज गिरीको रहेको छ भने जितु नेपाल, केदार घिमिरे, यमन श्रेष्ठ र दीपक राज गिरीले संवाद तयार पारेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha