पुर्व प्रेमिका कंगनालाई ऋतिक रोशनको साथ

बलिउड क्विन कंगना रनावत र अर्की एक महिलाले निर्देशक विकास बहललाई हालै यौन दुव्र्यवहार गरेको आरोप लागेका थिए । बलिउड अभिनेता ऋतिक रोशनले निर्देशक विकाशलाई लागेको यौन शोषणको आरोपमा अनुसन्धान गर्न जोड दिएका छन् ।

ऋतिकको यस्तो बयान निकै महत्वपुर्ण मानिएको छ । विकाश बहलले ऋतिकको आगामी फिल्म ‘सुपर ३०’ लाई निर्देशन गरिरहेका छन् । बिहारमा सुपर ३० क्लास चलाउने आनन्द कुमारको जीवनमा आधारित रहेको छ । यो फिल्मको सुटिङ भइरहेपनि ऋतिकको यस्तो अभिव्यक्तिले फिल्मको काममा असर पुगेको बताइएको छ । जहाँ बलिउड कलाकारहरु चुप बसिरहेका छन् त्यहाँ कंगनाको पुर्वप्रेमी ऋतिकले भने कंगनालाई साथ दिएका छन् ।
ऋतिकले गम्भिर अपराधका आरोपी जो कोहीसँग पनि आफू काम गर्न नसक्ने बताउँदै ट्विट गरेका छन् । उनले उक्त घटना सत्य भए आरोपीलाई कारबाही समेत हुन पर्ने ट्वीटरमा उल्लेख गरेका छन् ।

यो मुद्धा बाहिर आएपछि अमेजन प्राइम टिभीको एक सिरिजले विकाश बहलसँग काम गर्न अस्वीकार गरेको छ । विकाशले अर्काे झड्का पनि पाएका छन् । रणवीर सिंहको आगामी फिल्म ‘८३’ को निर्माताले उनको ठाउँमा कविर खानलाई निर्देशनको जिम्मा दिएका छन् । त्यसैगरी ऋतिक पनि विकाससँग ‘सुपर ३०’ मा काम गर्न रुचि नभएको बताएका छन् । उनलाई यौन दुव्र्यवहारकै कारण प्रोजेक्टबाट हटाइएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha