इतिहास रच्न ‘छक्का पञ्जा ३’ लाई फिल्मकर्मीको कामना

बर्षकै बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा ३’ घटस्थापना देखि दर्शकमाझ लाग्दैछ । दिपकराज गिरी र दिपाश्री निरौलाको फिल्मप्रति दर्शकले उत्साह देखाउँदा फिल्मकर्मी पनि यस फिल्मलाई लिएर निकै आशावादी देखिएका छन् । ‘छक्का पञ्जा ३’ ले सर्वाधिक शो पाउँदा खुसी भएका फिल्मकर्मीले नयाँ व्यापारिक इतिहास बनाउन समेत शुभकामना दिएका छन् ।

सिताराम कट्टेल धुर्मुस ले ‘छक्का पन्जा ३’ ले अत्याधिक शो पाउँदा खुुशि व्यक्त गर्दै फिल्म सफलताको शुभकामना दिएको छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘छ एकान छ, वडा नं. ६, छक्का पञ्जा, छक्का पञ्जा २ जस्ता अत्यन्तै लोकप्रिय एवम् सफल फिल्म निर्माण गर्न सफल ‘आमा सरस्वती मुभिज् प्रा.लि’को ब्यानरमा आदरणिय फुपु दिपाश्री निरौलाको निर्देशनमा भोलिबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ३’ ले इतिहासमै पहिलो पटक सर्वाधिक शो पाएकोमा अत्यन्त खुसी लागेको छ । विश्वास छ, यो फिल्मले पनि पहिलेका फिल्मको रेकर्ड तोडेर नेपाली फिल्म क्षेत्रमा छुट्टै इतिहास रच्नेछ ।’ ‘छक्का पञ्जा ३, भोलिकै दिन’ भन्दै लामो स्टाटस सहित ‘छक्का पन्जा ३’ को फोटो हालेका छन् । दिपक र दिपासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

‘चंगा चेट’ निर्देशक दिपेन्द्र के. खनालले पनि यो फिल्मले हल कब्जा गरेको खुसी व्यक्ति गर्दै शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नो देशको फिल्मले हल कब्जा गरेको हेर्न पाउँदाको खुसि सार्है नै मिठो । बधाई अनि अझै धेरै शुभकामना छक्का पञ्जा टिमलाई । भोलि बाट देशभर !’

नायिका तथा निर्मात्री श्वेता खड्काले पनि यो फिल्मको लागि उत्साह देखाउँदै ‘छक्का पञ्जा ३’ टिमलाई शुभकामना दिएकी छन् । उनले लेखेकी छन् ‘म निकै उत्साहित छु छक्का पन्जा ३ फिल्मलाई लिएर । यो फिल्मले नेपाली फिल्म क्षेत्रमा इतिहास बनाउछ ।’ साथै यो फिल्म हेर्नको लागि उत्साहित रहेको स्टाटस मार्फत व्यक्त गरेकी छन् ।

फिल्म रिलिजको मुखमा दिपक राज गिरीले पनि सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । उनले लेखेका छन्, ‘प्रतिक्षा लगभग समाप्त ! बुकिङ्ग उत्साहजनक, आकर्षक शो हरूका लागि हलहरूलाई धन्यबाद । पत्रकार, कलाकार र समस्त फिल्मकर्मी मित्रहरू यो सफलता हामि सबैको हो, जय नेपाली सिनेमा !’

दिपाश्री निरौलाले दर्शकको माया पाएसँगै टिकट बुकिङ्ग गर्नको लागि आग्रह गरेकी छन् । उनले लेखेकी छन्, ‘टिकट बुकिङ्ग खुल्ने बित्तिकै अपार माया दिनु भयो । भोली देखी हल हलमा भेट हुन्छ हम्रा तम्रा, जय दर्शक !’

केदार घिमिरे अर्थात् माग्ने बुढाले पनि हाम्ले बोल्ने दिन सकियो भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । उनी लेख्छन्, ‘अब करीब करीब हामीले बोल्नेकाम सकियो । अब बोल्ने पालो आदरणिय दर्शकहरुको । जय नेपाली फिल्म ।’

दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा ३’ मा दिपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामांग, शिवहरी पौडेल, संजोग कोइराला, प्रियंका कार्की, निर शाह लगायत दर्जन बढी कलाकारको अभिनय छ । फिल्ममा समावेश पहिलो नम्वरमा गीत सुपरहिट भैसकेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha