‘राधा २’ होइन ‘प्रेम दिवस’मा प्रियंका र आयुष्मान

फिल्म ‘प्रेम दिवस’ को घटस्थापनाको अवसर पारेर मुर्हत गरिएको छ । बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभमुहुर्त गर्दै फिल्मको नाम प्रेम दिवस सार्वजनिक गरिएको छ ।

प्रियंका कार्की र आयुष्मान देशराज जोशीको मुख्य भुमिका रहने प्रेम दिवस को नाम यसअघि ‘राधा २’ भनेर चर्चा गरिएको थियो । लभ स्टोरी फिल्मलाई योगेश घिमिरेले निर्देशन गर्दैछन् ।

फिल्म ‘प्रेम दिवस’ बाट विशाल खरेलले नायकको रुपमा डेव्यु गर्दैछन् । संजय न्यौपानेले निमार्ण गर्ने फिल्ममा पटकथा प्रदीप भारद्वाजले तयार परेका हुन् । फिल्मको छायाँकन कात्तिक ८ गतेबाट सुरु हुँदैछ ।

प्रेम दिवसमा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत रहनेछ । हरी लामा फिल्मका छायाँकार हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha