‘रणवीर’ को मोसन पोष्टरमा रिसाह प्रशान्त

माघ १८ गतेलाई रिलिज प्रदर्शन मिति तय गर्दै फिल्म ’रणवीर’ को मोसन पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा फिल्मको हिरो र भिलेन बीचको द्वन्दलाई देखाइएको छ । मोसन पोस्टरमा ’ऐश्वर्य’ मार्फत चर्चामा आएका प्रशान्त ताम्राकारसँगै सुशिल सिटौला एन्ग्री लुक्समा देखिएका छन् । एक्सन, सस्पेन्स र थ्रिल मिश्रित फिल्मको मोसन पोष्टर युट्युबमा सार्वजनिक गरिको छ भने हलमा टिजर रिलिज गरिएको छ । मोसन पोष्टर :

फिल्ममा शिर्ष भूमिकामा सुशील सिटौला रहेका छन् । उनले फिल्मकै लागि आफ्नो शरीरमा बदलाव समेत ल्याएका छन् , जसलाई सार्वजनिक भिडियो सामाग्रीले प्रस्ट्याउने विश्वास निर्माण टीमको रहेको छ । सुशीलसँगै फिल्ममा प्रशान्त ताम्राकार, हरिहर शर्मा, नरेश पौड्याल, टिका पहाडी, रवी गिरी, जीवन भट्टराई, बसन्ती भट्ट लगायतको अभिनय रहेको छ । यसै फिल्म मार्फत मोडलिङमा आफ्नो छुटै पहिचान बनाउन सफल शुभेच्छा खड्का र सुपुश्पा भट्ट फिल्मनगरीमा डेब्यु गर्दैछन । शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई लिएर निर्माण भएको फिल्मलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरिरहेका छन् ।

फिल्म ‘गाँजा बाजा’ प्रोड्युसर दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रुपमा ‘रणवीर’ निर्माण गरिरहेका छन् । महेश पौडेलको छायाँकन रहने फिल्ममा चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहनेछ । गम्भिर विष्ट र सुरेन बसेल फिल्मको कोरियोग्राफर रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha